गगन थापा भन्छन् : भुटानी शरणार्थी प्रकरणमा अहिले सरकारको परीक्षा भइरहेको छ 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु माथि अनुसन्धान गर्न अहिले सरकारको परीक्षा भइरहेको बताएका छन्।

बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्।

‘सरकारको परीक्षा भइरहेको छ। अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्,’ उनले भने।

थापाले यो प्रकरणमा अब न्यायालयको परीक्षा सुरु हुनेसमेत बताए।

‘सलाम गर्ने मान्छे होस् या सलाम लिने मान्छे। जसको नाम आएको त्यसको फेयर अनुसन्धान होस्। सरकारको परीक्षा छ। सरकारको परीक्षा सकेपछि न्यायालयको परीक्षा शुरु हुन्छ,’ उनले भने।

शरणार्थी प्रकरणमा नाम मुछिएका केही व्यक्तिहरुलाई प्रहरीले अनुसन्धानमा ल्याउन नसकेकोतर्फ संकेत गर्दै थापाले भने, ‘घरको मान्छे होस् या बर्दालीको चाहे नेता होस् या नाता।’