भ्रष्टाचार नियन्त्रण गर्न उच्च ओहदामा रहेका व्यक्तिको सम्पत्ति छानबिन र जफत गर्नुपर्छ : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले भ्रष्टाचार नियन्त्रण गर्न २०४६ सालपछि उच्च ओहदामा आएको सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ २०४६ साल पछाडि जति व्यक्तिहरू ओहदामा आएका छन् । ती सबैको छानबिन गर्ने र स्रोत नदेखिएको सम्पत्तिलाई जफत गर्ने गरी कानून निर्माण गर्नुपर्छ ।’

विष्टले नीति तथा कार्यक्रमलाई आजको गम्भिरतालाई महसुस नगरेको उल्लेख गर्दै परिमार्जन गर्न सुझाव दिए ।

विष्टले भने, ‘यो नीति, कार्यक्रम कस्तो छ भने एउटा नेपालीमा उखान छ(यताबाट आऊ, उताबाट जाऊ । दाँतले चपाऊ तर केही पनि नखाऊ । यही प्रकारको अवस्थामा नीति, कार्यक्रम आएको छ । त्यसकारण आजका गम्भिरताहरूलाई महसुस गरेर नीति, कार्यक्रमलाई अझ नयाँ ढंगले परिमार्जन गर्ने हिसाबले सोचौं ।’