एमालेले गर्‍यो संसद बैठक अवरोध

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।

शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।

त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन्।