खुकुरी प्रहार गरी युवतीको हत्या

काठमाडौँ । शुक्रबार सङ्खुवासभामा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान गरिरहेको हत्याको कारण भने खुल्न सकेको छैन ।

ताजा अपडेट