मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपषिदको आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे आकस्मिक बैठक बस्न लागिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, भोलि सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको आगामी भारत भ्रमणलगायतका एजेन्डामा छलफल हुनेछ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा टिकापुर घटनाका मुख्य योजनाकारको रुपमा कैद सजाय भोगिरहेका रेशम चौधरीलगायतका अभियुक्तलाई रिहाइ गर्ने प्रस्ताव पेस भएको थियो।