कुनैपनि सहमति गरेर हटाउँदैमा सबै अनियमितता ढाक्न सकिदैँन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा भएको अनियमितताको आशंका गरेका सांसदको भनाइलाई शीर्ष नेताहरुले सहमति गरेर हटाएको विषयमा असन्तुष्टि जनाएका छन् ।

शंकास्पद अनियमितता सम्बन्धी विषय सांसदले उठाए पनि शीर्ष नेताले सहमति गरेर हटाउँदैमा सबै अनियमितता ढाक्न नसकिने उनले बताएका छन् ।

‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर अभिव्यक्ति रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने । सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिंदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र र?’ शेखरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैंछौं । के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो रु संसदको रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा संचार जगत पनि छन भन्ने कुरा बुझौं ।’

माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी राख्दा सुनको सट्टा पित्तल राखिएको हुन सक्ने आशंका उठाएका थिए । तर एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गरेको भन्दै शीर्ष नेताको सहमतिले उनको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउने निर्णय गरेको थियो ।