वार्षिक बजेटभन्दा बढी सार्वजनिक ऋण

फाईल तस्बिर

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो तथ्य पेस गरेका हुन् ।

अर्थमन्त्री डा.महतका अनुसार २०७९ फागुनसम्म आन्तरिक ऋण रु। १० खर्व १० अर्ब २८ करोड र बाह्य ऋण रु १० खर्ब ६९ अर्ब ७८ करोड गरी सङ्घीय सरकारको सार्वजनिक ऋण दायित्व रु। २० खर्ब ८० अर्ब ६ करोड पुगेको हो ।

२०७९ असारसम्म सार्वजनिक ऋण दायित्व रु २० खर्ब १३ अर्ब २९ करोड रहेको थियो । आर्थिक वर्ष २०७९र८० को फागुनसम्म रु ८७ अर्ब २० करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी रु १ खर्ब ३७ अर्ब १२ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएकोमा रु ७२ अर्ब ५८ करोड बराबरको सहायता परिचालन भएको अर्थमन्त्री डा।महतको भनाइ छ ।

उक्त अवधिमा रु ५३ अर्ब ४४ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।