३६ लाख ८३ हजार नाघ्यो सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या

काठमाडौं । सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो ।

चालु आर्थिक वर्षको फागुनसम्म यस्तो जनसंख्या ३६ लाख ८३ हजार ६५८ रहेको सर्वेक्षणमा उल्लेख छ । सामाजिक सुरक्षामा आबद्ध हुनेको संख्या र भत्तादरमा भएको वृद्धिले सरकारको व्ययभार बढ्दै गएको सर्वेक्षणमा भनिएको छ ।