आज बजेट सार्वजनिक गर्दै सरकार

काठमाडौं । सरकारले आज (सोमबार) आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ ।

नयाँबानेश्वर स्थित संघीय संसदमा बस्ने बैठकमार्फत सो बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजेका लागि आह्वान गरिएको छ ।

‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

नयाँ संविधान जारी भएपछि हरेक गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।

यो संवैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।