बास्कोटाको प्रश्न प्रचण्डलाई – भारत भ्रमणको क्रममा सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्ने तयारी हो ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका छन् । तालुकदार मन्त्रालयलाई गुमराहमा राखेर सम्झौता गर्न लागिएको उनको दाबी छ ।

सोमवार ट्वीट गर्दै बास्कोटाले भारत भ्रमणको क्रममा गरिने सम्झौताबारे संसदलाई जानकारी गराउन माग गरेका हुन् । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ । विडम्बना,तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर । सचिव जर्मन,सहचिव बंगलादेश छन भन्ने सुनियो’ बास्कोटाले लेखेका छन्, ‘संसद चालु छ,सरकारले त्यसवारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्राबधान के छन भनेर । सुटुक्क किन ?’

चारदिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणको क्रममा ऊर्जा व्यापारसम्बन्धी सम्झौताको तयारी रहेको सरकारी स्रोतहरूले जनाएका छन् ।