चालु आवको साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड रुपैँया

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए ।

संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस-युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए । उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए । मुद्रास्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ छ । पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उनले बताए ।