विराटनगरमा गिरिजाप्रसाद र काठमाडौंमा सुर्वण समशेर रंगशला बनाइने

काठमाडौं । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने समेत जनाएको हो।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गरिने बताइएको छ।