संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । संघीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।

मंगलबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अगाडि बढाउने बताईएको छ ।

गत वैशाख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।