सन्दीप लामिछानेले छिटो न्याय पाउनुपर्यो भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । स्वतन्त्र युवाहरूले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले ब्यानरसहित मण्डलामा प्रदर्शन गरेका हुन् ।

लामिछाने विरुद्धको बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।