प्रधानमन्त्रीलाई गैह्रेले भने – ‘भारतीय संसद्को नक्साबाट नेपालको लुम्बिनी हटाउन भन्नुहोला’

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई ध्यानाकर्षण सांसद गैह्रेले ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सहभागी मन्त्री बस्नेतलाई उनले भारतले आफ्नो संसद् भवनको नक्सामा नेपालको लुम्बिनी राखेको जानकारी गराउँदै क्रममा त्यसबारे नेपालको तर्फबाट आफ्नो कुरा राख्न आग्रह गरे ।

जवाफमा मन्त्री बस्नेतले भारतको बिहारमा पनि त्यही नाम गरेको ठाउँ रहेको भन्ने भारतीय पक्षको कुरा रहेको बताउँदै सांसद गैह्रेले राखेको कुरामा भारतीय पक्षलाई राख्ने प्रतिबद्धता जनाएका छन् ।

समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि बनाउने विषयमा सांसदहरूले छलफल गरेका छन् ।