भुटानी शरणार्थी प्रकरण : बयान आज पनि जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि बयान जारी छ।

म‌ंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको अदालतका सूचना अधिकारी दीपक दाहालले‍ जानकारी दिए। सोमबार सार्वजनिक बिदा भएकाले बयान भएको थिएन।

इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको सूचना अधिकारी दाहालले बताए।

राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए।

यसअघि इजलासले पाँच जनाको बयान लिइसकेको छ।