भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश भएको प्रति रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको बिषयप्रति असन्तुष्टि जनाएको छ ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समावेश भएको भनि विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेको छ ।