भारतले संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेको भन्दै राप्रपाले गर्यो विरोध प्रदर्शन

काठमाडौं । भारत सरकारले नयाँ संसद् भवनमा नेपालको भूभागसहितको नक्सा राखेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विरोध प्रदर्शन गरेको छ।

विरोधका क्रममा राप्रपाका नेता, कार्यकर्ताले नक्सा संसदबाट हटाउन भन्दै नारा लगाएका थिए। यस्तै, उनीहरुले लिपुलेक कालापानी क्षेत्रबाट पनि भारतीय पक्षलाई हट्न भन्दै नाराबाजी गरेका थिए।

भारतले लुम्बिनी र कपिलवस्तुलाई ‘अखण्ड भारत’ को नक्सामा राखिएपछि विवाद भएको हो।