प्रधानमन्त्री पुगे इन्दौरमा

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दौर पुगेका छन्। उनी विशेष विमानमार्फत गएका हुन्।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलगायतका उच्च अधिकारीहरूले प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा स्वागत गरे।