भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसका लागि सबै अभियुक्तलाई पुर्‍याइयो अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ।

आइतबार थुनछेक बहस सुरू हुने भएकाले उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो । उनीहरू सबैलाई न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा राखिएको छ ।

बहसपछि उनीहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा हुनेछ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का सचिव टोपबहादु रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सरकारका सचिव टेकनारायण पाण्डेयलगायत सबैलाई अदालतमा उपस्थित गराइएको छ ।