खुल्यो शेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमार्फत हुने सेयर कारोबार खुलेको छ । नियमित भन्दा ६ मिनेट ढिला कारोबार शुरु भएको छ ।

आज प्रि ओपन सेसनमा कारोबार नै भएन । सेयर लगानीकर्ताले बजेटको बुँदा नं. २९ हटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले ब्रोकर बन्द गराउँदै हिँडेका थिए ।

लगानीकर्ताहरुले आइतबार बिहानै देखि ब्रोकर नखोल्न सूचना टाँस्दै हिँडेका थिए । यसैबीच ब्रोकरले विज्ञप्ति जारी गरेर व्यवसाय सञ्चालनको वातावरण बनाइदिन माग गरेको थियो । सेयर लगानीकर्ताको आन्दोलनकैबीच अर्थमन्त्रालयले लगानीकर्तालाई आइतबार वार्तामा बोलाएको थियो । आन्दोलनरत पक्ष र सरकारी कर्मचारी बिच अर्थ मन्त्रालयमा वार्ता भइरहेको छ ।

अर्थ मन्त्रालयमा वार्ता चलिरहँदा यता सेयर बजार भने बढेर कारोबार भइरहेको छ ।