भौतिक पूर्वाधारमा १ खर्ब ३८ अर्ब ८० करोड बन्ला त काठमाडौंमा फ्लाइओभर

काठमाडौं । काठमाडौंको सवारी जामलाई व्यवस्थित गर्ने भन्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा फ्लाइओभरलाई पनि प्राथमिकतामा राखेको देखिन्छ । बजेटले रेलमार्ग सँगै सुरुङ्ग मार्गलाई पनि प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

यस्ता नयाँ खाले भौतिक पूर्वाधार निर्माणका लागि भन्दै १ खर्व ३८ अर्व ८० करोड रुपैयाँ छुट्याएको छ । तर काठमाडौंमा मोनोरेलको सपना देखाए जस्तै वर्तमान सरकारले पनि फ्लाईओभरको सपना देखाएको हो की भन्ने आंकलन गरिएको छ ।

काठमाडौं उपत्यकाका चक्रपथ क्षेत्र, बुढानिलकण्ठदेखि त्रिपुरेश्वर हुँदै दुई तर्फ कलंकीसम्म र अर्को तर्फ तिनकुने लगनखेलसम्म फ्लाईओभर बनाउने सक्ने देखिएता पनि सरकारको विगतका कार्यक्रमले फ्लाईओभर बन्नेमा निश्चिन्त हुन सक्ने अवस्था भने देखिएको छैन ।