कमिशनको कुरा नमिल्दा स्वास्थ्य मन्त्रालयका सचिवको सरुवा

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि गरिएको औषधी खरिद प्रक्रियामा आर्थिक अनियमितता बढ्न थालेपछि त्यसलाई रोक्ने खोजेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ ।

विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहेका बेला नेपालमा पनि संक्रमण विस्तार आगो झै फैलिने संकेत देखिएको छ । पछिल्लो समय दैनिक सयको हाराहारीमा नयाँ संक्रमति फेला पर्न थालेका छन् । सरकारले चर्चा र बहश गरे जस्तो स्वास्थ्य परिक्षण गर्न सकेको छैन । औषधी खरिद प्रकरणमा सरकारको चर्को आलोचना भएको थियो । चर्को मूल्यमा ओम्नी ग्रुपसँग सरकारले औषधी खरिद प्रक्रिया अगाडि बढेपछि सर्वत्र त्यसको निन्दा मात्र भएको थिएन, सरकार भ्रष्टचारीहरुको चङ्गगुलमा फस्दै गईरहेको क्रमश पुष्टि पनि हुँदै गईरहेको थियो ।

सरकारका मन्त्रीहरु कमिशनाको चक्करमा रमाउन थालेपछि कोरोन संक्रमण सहज रुपमा न्यूनिकरण गर्ने अवस्था देखिएको थिएन । यद्यपी स्वास्थ्य मन्त्रालय र मातहतका निकाय अहिले पनि कोरोना संक्रमणका नाममा करोडौं आर्थिक अनियमिततामा संलग्न भएको घाम जतिकै छर्लङ्ग छ । स्वास्थ्य मन्त्रालयमा हुने गरे भ्रष्टाचार रोक्ने अभियानमा लागेको सचिव यादवप्रसाद कोइरालालाई सरुवा भएको तीन महिना पनि वित्न नपाउँदै सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

सचिव कोइरालाको सरुवा गर्नु कारण स्वास्थ्यका कर्मचारीहरुलाई गाली गर्ने गरेको र डा शेरबहादुर पुन विवादमा ल्याउने कारण देखाइएको भएपनि वास्तविक रुपमा भने कमिशनको कुरा नमिल्दा र मुलुक संकटको अवस्थामा रहेका समयमा कुनै पनि आर्थिक अनियमितता हुन नदिने अभियानमा कोइराला लागेपछि उनको सरुवा गरिएको श्रोतले जनाएको छ ।

यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न शीर्षकमा खरिद गरिएका सामग्री खरिद नियमावली कार्यान्वयन नहुने भन्दै संकट देखाएर चर्को मूल्यमा खरिद गरिँदै आईरहेको देखिन्छ । यही अनियमितता रोक्ने अभियानमा सचिव कोइराला थिए ।

आर्थिक अनियमितता रोक्न थालेपछि अहिले विशेष गरी सर्जिकल सामान आयातकर्ताहरुका ठेकेदारहरु कोइरालालाई हटाउने अभियानमा लागेका थिए । अन्तत ः उनीहरुको स्वार्थ पूरा हुने देखिएको छ । कोइरालालाई सरकारले सरुवा गरेको छ । उनको ठाउँमा सरकारले लक्ष्मण अर्याललाई ल्याएको छ ।