महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौँ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिक–७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।