मुर्रा राँगोबारे ओलीको बोली : कुरा मेरै पालामा चलाएको हो, दाम्लोमात्र प्रचण्डलाई थमाएको हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नस्ल सुधारका लागि भारतसँग मुर्रा राँगोबारे आफैंले कुरा गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दाम्लोमात्रै थमाएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राँगो ल्याएको आलोचित भयो भनेपछि, पाँच वर्षअघिको प्रधानमन्त्री थियो उसैको पालामा कुरा चलाएको रहेछ । अहिले त दाम्लोमात्र थमाएको हो । आखिर आड त हाम्रै लिनुपर्ने रहेछ नि ? राँगोको कुरा पनि केपी ओलीले रहेछ । नस्ल सुधारको कुरा, फर्टिलाइजरको कुरा । पाइपलाइनको कुरा, रेलको कुरा केपी ओलीले गरेको रहेछ ।’

हिजो मजाकको विषय बनाइएर हिलो छ्यापेको हिलो पुस्दै पुस्दै त्यही बाटोमा हिँड्नुपरेको उनले टिप्पणी गरे ।