अहिलेको बजेटले अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको बजेटले अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको छ भन्दै टिप्पणी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी बजेटमाथि बोल्दै उनले बजेटले अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको बताए ।

‘राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना आएको छैन । कुनै प्रयासबिना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही आयोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको छ,’ उनले भने, ‘सम्पूर्ण नेपाली र नेपालको हित, विकास निर्माण, समृद्धि, रोडम्याप प्रस्ताव गर्नबाट बजेट चुकेको छ ।’