आज बढ्यो सेयर बजार

काठमाडौँ । बुधबार सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक नेप्से ४.६८ अंक बढेर १९३२ अंकमा कायम भएको छ । कारोबार भइरहँदा सवा १२ बजेतिर परिसूचक १९५० अंकसम्म पुगेपनि त्यसपछि भने बिक्रीमा चाप पर्दा केही ओर्लियो ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार १ अर्ब ९८ करोडको कारोबार भएकोमा आज २ अर्ब ३६ करोडको भयो । कुल १३७ कम्पनीको मूल्य बढ्दा ७४ कम्पनीको घट्यो भने ८ को स्थिर रह्यो ।

बैंकिङ २.८, होटल तथा पर्यटन १९, जीवन बीमा ३.९ र निर्जीवन बीमा उपसमूह १२ अंक घटे । विकास बैंक ३९, फाइनान्स ०.६, जलविद्युत ११, उत्पादन २७, माइक्रोफाइनान्स ४३, अन्य ०.३ र ब्यापार उपसमूह १०९ अंक बढे । युनिक नेपाल लघुवित्तको मूल्य १० तथा खप्तड लघुवित्तको ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, नागरिक लगानी कोष, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।