काठमाडौंमै देखियो ४ जना बालबालिकामा दादुरा

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको पाँच वटा नमुनामध्ये ४ वटामा दादुरा पुष्टि भएको हो ।

परिवार कल्याण महाशाखाका एक अधिकारीले दादुरा पुष्टि भएपछि सतर्कता अपनाइएको बताए । नगरपालिकाको वडा नम्बर ९ मा पर्ने एक विद्यालयका १५ वर्षमुनिका ५४ जना बालबालिकामा दादुराको लक्षण देखिएको बताइएको छ ।

त्यसमा पाँच वटा नमुना संकलन गर्दा ४ जनामा संक्रमण पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरा महामारीको रुपमा लिने गरिन्छ ।