प्रतिनिधि सभामा बैठकमा बजेटमाथिको छलफल जारी (लाइभ)

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल जारी छ।

संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा एमालेको तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित र पहिलो संविधान सभा सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ।