उच्च अंकले बढ्यो सेयर बजार

काठमाडौँ । सेयर बजारमा आइतबार परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । नेप्से परिसूचक ४०.४ अंक बढेर १९८० अंकमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो ।

कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र ब्यापार उपसमूह ९५ अंक बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो ।

भूगोल इनर्जी र सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको २४५.३० र सिटीको मूल्य प्रतिकित्ता १२२.२० रुपैयाँ कायम भएको छ । सीटीको आइतबारदेखि नै कारोबार भएको हो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।