राप्रपाले किन माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

काठमाडौं । वर्तमान सरकार निर्माणका लागि गठवन्धनमा सहभागी भएर सरकारमा गएको राप्रपाले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । संविधानसभा मार्फत मुलुकमा गणतन्त्र स्थापित भयो । गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाले सार्वजनिक कार्यक्रममा १७ हजार नागरिकको हत्या भएकामा ५ हजार नागरिकको आफूले जिम्मा लिने बताएका थिए । त्यही विषयलाई आधार बनाएर उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता भईसकेको छ । प्रधानमन्त्री विरुद्ध मुद्दा परेपनि राप्रपाले राप्रपाले राजीनामा माग गरेको बताएको छ ।

हुन त अहिले संसदमा राप्रपाका ज्ञानबहादुर शाहीले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई हत्याराको संज्ञा दिँदै सार्वजनिक अभिव्यक्ति दिँदै आईरहेका छन् । शाहीले सांसद नहुँदाको अवस्थामा जसरी दाहाल विरुद्ध अभिव्यक्ति दिने गर्दथे, अहिले पनि सोही अनुरुप नै दिँदै आएका छन् । अर्थात शाहीले आफ्नो अडानलाई छाडेका छैनन ।

विगतमा प्रचण्डको नेतृत्वमा सरकारमा जानुनै राप्रपाका लागि भूल थियो । त्यो भूललाई राप्रपाले मनन् गरिसकेको देखिन्छ । अहिले राप्रपा सरकारबाट बाहिरिसकेको अवस्था छ । राप्रपाले संघीय संरचना अनुरुप आफूले प्रदेशमा केही पद आफ्नो पोल्टामा पारिसकेको छ । राजसंस्था र हिन्दूधर्मको प्रमुख एजेण्डा वोकेर हिंडेको राप्रपाले बाटो विराएको थियो । अहिले राप्रपाले पुन आफ्नो पार्टीको मूल एजेण्डालाई अघि सारेको छ।

विगतमा राप्रपा विभाजित हुन अघि कमल थापाले नेतृत्व लिईरहँदा पद लोलुप भएका थिए । त्यही मार्गमा राप्रपा हिडेको आरोप नलागेको भने होइन । अहिले सर्वोच्चमा मुद्दा विचाराधिन रहेको बेला संसदमा प्रचण्डलाई नैतिकताको पाठ सिकाउदै राजीनामा माग गरिएको विषयले भने अर्को ठूलो प्रश्न खडा गरिदिएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा सर्वोच्चमा रहेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरिसकेका छन् ।