पाकिस्तानी राजदूतले राष्ट्रपति पौडेललाई पेश गरे ओहोदाको प्रमापत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पाकिस्तानी राजदूत अवरार एच हाश्मीले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका छन् । ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत हाश्मीले पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वी र प्रधानमन्त्री मुहम्मद शहबाज सरिफका तर्फबाट राष्ट्रपतिको स्वास्थ्य लाभ एवं शुभकामना समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रपति पौडेलले नवनियुक्त राजदूत हाश्मीलाई बधाई दिदै दुई देश वीचको सौहार्दपूर्ण र मैत्री पूर्ण सम्वन्धको स्मरण गदै नेपाल सरकारका तर्फबाट पूर्ण सहयोगको आश्वासन दिए ।


सोही कार्यक्रममा राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सद्भाव, आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए । उनले दुवै देशले द्विपक्षीय संयन्त्र र उच्चस्तरीय सम्पर्कलाई पुनरुत्थान गर्नुपर्ने उनको धारणा थियो ।

उनले दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य रहेको बताउँदै नेपालले सार्कलाई उच्च महत्व दिएको र सार्क प्रक्रियालाई पुनः सक्रिय गर्नमा आशावादी रहेको बताए ।