साँच्चै परिवर्तन गर्छु भन्ने बालेनमाथि दोष किन ?

चलचित्रको कथा जस्तै गरी देशको राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएर बालेन । निर्वाचित भए लगतै महानगरको मुहार फेर्ने प्रतिवद्धता दिएका बालेनले फुटपाथ पैदल यात्रीका लागि सहज गरे । सडकमा आफै उत्रिए अनि गैरकानूनी ढंगले बनेका अतिक्रमित संरचनाहरु भत्काए ।
बालेन स्वतन्त्र रुपमा नै निर्वाचित भएर काठमाडौंको मेयर भएका कारण सायद युवा पुस्ताले पूर्ण रुपमा साथ सहयोग गरे, गरिरहने संकेत देखिएको छ । राणाकालीन निरंकुशतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालीले परिवर्तन र विकासका लागि धेरै पटक संघर्ष गरे । कैयौ नेपाली शहिद भए । ती संघर्षबाट प्राप्ता अग्रगामी भनिएका परिवर्तनले आम नेपालीको समस्याको समाधान हुन सकेन । नेपाली जनताले न त कुनै राहत नै पाउन सके । जनताका हरेक दिन कष्टकर दिन विताउन वाध्य भईरहेका छन् ।

उमेर सँगै रूप परिबर्तन हुन्छ । ७ सालदेखि ८० सालसम्म आईपुग्दा परिवर्तन नभएका होइनन् । वाक स्वतन्त्रता र नागरिकका केही अधिकारहरु प्राप्तिका लागि नयाँ रुप रेखा कोर्ने काम त भयो । तर,नेपाल जनताको नाममा नेताहरु भ्रष्ट हुँदै गए । मुलुकलाई भ्रष्टाचारमा चुर्लुम्म डुवाए । अनि देशलाई आर्थिक विकास भन्दा पनि विदेशीसँग भिख माग्ने बनाए । यस्तो ठग राजनीति नेपालीलाई अव स्वीकार्य छैन ।

स्थानीय तहको निर्वाचनमा बालेनको जीतले त्यही भनेको छ । अव शुद्धिकरण गर्नु पर्दछ भन्ने देखिएको छ । बालेनले अहिले जसरी काम गरिरहेका छन् । त्यो जनता कै लागि हो । जनताकै परिवर्तन लागि बालेनले गरेको कामलाई समर्थन राजनीतिक दलहरुले गर्न सकेका छैनन । राम्रा काम र कुरालाई समर्थन गर्नै आँट र हिम्मत गर्नु पर्दछ भन्ने सन्देश बालेनले गरेका छन् ।

भारतले आफ्नो नयाँ संसद भवनमा राखेको नयाँ नक्साले नेपालमाथि हस्तक्षेप गरेको भन्दै बालेनले पनि १९५० मा भएको सुगौली सन्धि अघिको नक्सा आफ्नो कार्यकक्षमा राखेका छन् । यो अाँट र हिम्मत राजनीतिक दलका नेताहरुले गर्न सकेका छैनन ।

ठूला दलहरुको यस्तै चरित्रका कारण नेपाली जनता आक्रान्त बनेका छन् । जसरी हुन्छ सत्ता प्राप्ति वाहेक अरु केही नै नदेखेका दलहरुका लागि बालेन नायक हुन् । जसले आफ्ना सम्पूर्ण सुख सुविधा त्यागेर साँच्चै नै जनताका लागि काम गरिरहेका छन् । पचासौ वर्षमा हुन नसकेको परिवर्तन ल्याउन खोजेका छन् ।

काठमाडौं महानगरपालिकाको मुहार फेर्न बालेन तल्लीन छन् । साँच्चै नै आगामी पाँच वर्षभित्रमा उनले आफूले बनाएका योजना र घोषणाहरुलाई कार्यान्वयन गर्ने छन् । तर ७ दशकदेखि राजनीतिका नाममा लुट मच्चाएका राजनीतिक दल बालेनबाट त्रसित भएका छन् । जसले भ्रष्टाचारलाई निर्मूृल पार्ने अभियान नै थालेका छन् । तर प्रशासनिक रुपमा संघीय सरकार र स्थानीय सरकार भित्रैबाट असफल पार्ने प्रयास गर्न खोजेको पनि देखिन्छ ।

अहिले महानगरका मेयर बालेनले गरेका काम प्रति कतिपयले उग्रशैलीमा लागेको आरोप लगाउन थालेका छन् । वास्तविकता भने त्यस्तो हुँदै होइन । उनले त काठमाडौं महानगरपालिका भित्र नियम कानूनलाई पालन गराउने कार्यान्वयन गराउने प्रयास मात्र गरेका हुन् । विगतमा कानूनमाथि धावा बोल्ने र कानून मिच्नेहरुलाई कानून पालन गर्न सिकाईरहेका छन् । कानून पालन गराउनु न त उग्रशैली हुन्छ नत तानाशाह नै हुन्छ ।

आजको अवस्थलाई हेने हो भने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह त दास बनाउने सोच भएका राजनीतिक दल भन्दा फरक छन् । चरा जस्तै स्वतन्त्र उड्न पाउँछन् । सहि काम र यथार्थ बाहिर ल्याएर जनताको भावना अनुरुप काम गरिरहेका हुन् । त्यसकारण पनि अव अरु बालेनहरु जन्मनु पर्दछ । राजनीतिक दलको झोला वोकेर राज्य दोहन गर्नेहरुलाई तह लगाउनु पर्दछ ।

नेपालका राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र निकै सुस्त र कमजोर छ । जब पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुन्छ, नेताहरुको जवाफदेहितामा खिया लाग्छ । पार्टीभित्र कमिटी प्रणाली सकिन्छ । सुशासन सकिन्छ । राजनीतिक कार्यकर्ताहरुको आलोचनात्मक चेत सकिन्छ । नेताहरु आफुलाई पार्टीको प्राधिकार ठान्न थाल्छन् अनि त्यही भ्रमबाट कार्यकर्ता पनि निर्देशित हुन्छन् । अहिले भई रहेका पनि छन् ।

कुनै जमानामा बलिदान, त्याग, अनुशासन, नैतिकताको इतिहास बनाएका पुराना पार्टीहरूभित्र सुसंस्कारको स्खलन भएर आज ती जनताका सामु नराम्ररी बदनाम भएका छन् । तिनका बलिदानका कारण लोकतान्त्रिक संघीय गणतन्त्र पाएका छौँ, तर जनताको दैनिक जीवनमा भने कुनै उल्लेखनीय परीबर्तन आउन सकेको छैन । शासक जनताबाट चुनिन्छ । शासन जनतालाई गरिन्छ । शासकले जनताको अहित हुने कुरा त गरेकै हुनुहुँदैनथ्यो तर ४७ सालको प्रजातन्त्रदेखि नै जनताको हितमा काम हुनै सकेन ।

जनताले नितान्त देशको हितलाई चाहेर सुन्दर, विकसित र समृद्ध शान्तिपूर्ण समाज विकासको नियम कोर्ने प्रयास गरेको करिब ७६ वर्ष पुर्याएका छन् । दुर्भाग्य आजसम्म अनुभव गरेजस्तो खासै पाइएन किन ?

तराईको नेपाली नागरिक काठमाडौं आएर पढेलेखेको केटो अत्यधिक जनमतले विजयी भयर महानगरको प्रमुख भई काठमाडौं सुधार्न गर्न कम्मर कसेर लागि पर्दा किन कुण्ठा र औडाहा हुने ? दलीय राजनीति भोगेको कति बर्ष भयो ? राम्रा काम गर्न त दिँदा के हुन्छ ? दोष बालेनलाई किन ? देश बनाउने व्यक्तिलाई दोष दिने अनि विदेशीको दलाली गर्ने को ? हरेक मुलुकमा केही महापुरूषहरू देसको लागि जन्मिन्छ र सधै अमर रहन्छन । नेताहरू त पार्टीको लागि जन्मिन्छन र देश लुटेर मर्छन । त्यसैले दोस देखाएर होइन असल कामको यथार्थ चित्रण गरेर जे मा पनि खोट देखाउने मनसायको अन्त्य गर्नुपर्छ ।

आज भारतले नेपालको भूभाग उसको अखण्ड भारतको नक्सामा राख्दा चुइक्क बोल्न नसक्ने राजनीतिक दलका भरौटेहरुले सिक्नु जरुरी छ । स्थानीय तहका मेयरले छाति फुकाएर त्यसको प्रतिवाद गर्न सके । आफ्ने ग्रेटर नेपाल भनेर देखाईदिए ।

बालेन त एक प्रतिनिधि पात्र मात्र हुन् । जसले यो देशको माटोलाई दुख्दा महसुस गरे । राष्ट्रियतामाथि कसैले धावा बोल्दा त्यसको विपक्षमा उभिए । तल्लो तहको सरकार भएर पनि बालेनले आँट गरे । बालेन जनताका नायक हुन् । नायक नै बनिरहने छन् ।