उपत्यका बाहिर जाँदै हुनुहुन्छ भने आजबाट नयाँवसपार्कबाट मात्र सवारी साधन छुट्छ

काठमाडौँ । विगत लामो समयदेखि विभिन्न स्थानबाट काठमाडौं बाहिरिने सवारी आजदेखि नयाँ वसपार्कबाट मात्र छुटने भएका छन् । काठमाडौं महानगरपालिकाले उपत्यकाबाट बाहिर चल्ने सवारी साधन गोगँवु वसपार्कबाट मात्र सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएसँगै सो नियम लागू भएको हो । काठमाडौं बाहिर जानका लागि तीनकुने, कोटेश्वर, चुच्चेपाटी, बल्खु लगायत विभिन्न स्थानबाट सवारी छुट्ने गर्दथे । महानगरको यो निर्णयसँग असार १ गतेबाट भने सम्पूर्ण यातायात नयाँवसपार्क बाट मात्र छुट्नु पर्ने छ ।

महानगरले शुरु गरेको नयाँवसपार्कबाट मात्र सवारी छुट्ने नियम कार्यान्वय गराउनका लागि महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न बस काउण्टरहरु हटाउन महानगरपालिकको नगर प्रहरी शुक्रबार विहानैदेखि चोक चोकमा खटिएका छन् ।

नगर प्रहरी निरिक्षक लिला गाछाका अनुसार विहान ५ बजेदेखि नै बालाजु, गोंगवु, महाराजगञ्ज, चावहिल, गौशला, कोटेश्वर लगायतका क्षेत्रमा रहेका काउण्टर महानगरले हटाउन नगर प्रहरी खटाएको छ ।

महानगरपालिकाले सो ‘निर्णय कार्यान्वयन गराउन आग्रह गर्दै सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।महानगरले जारी गरेको सूचनामा भनिएको छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’

‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

ताजा अपडेट