‘आदिपुरुष’ प्रर्दशन बालेनको निर्देशनमा रोकियो, राष्ट्रवादी भन्नेहरु किन चुप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र साहको एउटै स्टाटसले भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रर्दशनी रोकिएको छ । आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने भ्रमपूर्ण सम्वाद राखिएका कारण सो सम्वाद नेपालमा प्रदर्शन चलचित्रमा मात्र नभएर पाण्डुलिपी मै परिवर्तन नभएसम्म महानगरपालिका क्षेत्रभित्र कुनै पनि हिन्दी चलचित्र प्रर्दशन गर्न नदिने मेयर बालेन्द्रको चेतावनी पछि सो फिल्म रोकिएको छ ।

आज शुक्रबारबाट विश्वभर नै एकै साथ प्रर्दशनी हुन लागेको सो फिल्मले नेपाली राष्ट्रियता माथि भ्रम फैलाउन खोजिएको र जानकी भारतमा जन्मिएको प्रचार गर्न लागिएकाले त्यस्ता चलचित्र नेपाल मात्र होइन विदेशमा समेत प्रर्दशन रोक लगाउन माग समेत गरिएको छ ।

मेयर बालेनले हिन्दी चलचित्र आदिपुरुष प्रदर्शनमा रोक लगाई रहँदा आफूलाई निकै राष्ट्रवादी भन्ने व्यक्ति र राजनीतिक दल तिनको भ्रातृ संगठन किन मौन छन् ? आफूलाई खुव राष्ट्रवादी भन्दै चर्का नारा लगाउने अनि युट्युवमा घोक्रो फुट्ने गरी चिच्यउनेहरु कता लुकेका छन् । सायद उनीहरु उत्तैबाट परिचालित छन् अनि उनैको मानो पिठो खाएर आपूmलाई हुर्काईरहेका कारण यस्ता विषयमा बोल्न चाहँदेनन् ।

महानगरपालिकाका मेयर बालेनले अखण्ड भारतका विपक्षमा ग्रेटर नेपालको विषय होस वा जानकी नेपालमा नै जन्मिएकी हुन् भन्ने विषयमा जसरी अडानका साथ आफूलाई प्रस्तुत गरिरहेका छन् । यसले लाखौं नेपालीलाई राष्ट्रवादको खोक्रो नारा लिएर देशलाई अप्ठेरो पर्दा मौन बस्ने नालायक लेण्डुपहरु प्रति सजग गराएको छ ।