घोराही सिमेन्टको आईपीओ किन भयो रद्द ?

काठमाडौं । प्रिमियम मूल्यमा शेयर (आइपिओ) निष्कासन गरेको घोराही सिमेन्टको एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएको छ ।

सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले रद्द हुनेक्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताएको छ । आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएको छ ।

यो सँगै धितोपत्र बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको छ।

केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरेरनगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो ।