विश्वकप छनोट : अमेरिकाविरूद्ध बलिङ गर्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नेपालले अमेरिकासँग टस जितेर बलिङ रोजेको छ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपालले अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएको हो।

पहिलो खेल गुमाएका दुवै टोली मंगलबार जित्ने लक्ष्यसहित मैदानमा हुनेछन्। दुवै टोलीका लागि सुपर ६ मा पुग्न मंगलबारको खेल महत्वपूर्ण हुनेछ।

दुवै टोलीले एक(एकजना परिवर्तन गरेका छन्। नेपालका तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनको स्थान बायाँ हाते स्पिनर ललित राजवंशीले लिएका छन्।

यस्तो छ नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, आरिफ शेख, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, करण केसी, सन्दीप लामिछाने, ललिन राजवंशी।