अमेरिकाविरूद्ध चम्किए करण, लिए चार विकेट

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले सुरुवाती चार विकेट गुमाएको छ।

अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। चारै जनालाई नेपालका करण केसीले आउट गरे। करणले १.५ ‌ओभरमा टेलरलाई एलबिडब्लूको धरापमा पार्दा १.६ ओभरमा मुकामालालाई आरिफ शेखबाट क्याच गराए।

यस्तै ७.५ ओभरमा जोन्सलाई करणले कुशल भुर्तेलबाट क्याच गराए। यस्तै करणले १ रनमा आरिफबाट क्याच गराउँदै उत्कृष्ट बलिङको नमुना देखाए। त्यतिबेला अमेरिकाले ९.२ ‍ओभर ४ विकेट गुमाउँदा १८ रन बनाएको स्थिति थियो।

खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीको स्थानमा ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।

सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए।