पेन्सनको लोभमा आमाको शव ६ वर्षदेखि फ्रिजमा राखेपछि….

काठमाडौं । एक व्यक्ति ६ वर्षदेखि आमाको शव फ्रिजमा राख्दै आएका थिए त्यो पनि केबल पेन्सन पाउनको लागि । उनले आफ्नी दिवंगत आमाको अवकाश कोषबाट पैसा लिइरहेका थिए। आरोपित छोराको उमेर ६० वर्ष छ । उनको नाम भने खुलाइएको छैन ।

डेली मिररको रिपोर्टका अनुसार अभियुक्तकी मृतक आमाको नाम हेल्गा मारिया हेङ्गबर्थ थियो । यो घटना इटालीको हो । उनले आफ्ना छिमेकीहरूलाई हेल्गा आफ्नो देश जर्मनी फर्किएको बताए। विगत छ वर्षदेखि शवसँगै बस्दै आएका उनले अहिलेसम्म १ लाख ५६ हजार पाउण्ड प्राप्त गरिसकेका छन् । यो घोटाला यस महिनाको सुरुमा अग्नी नियन्त्रक र पुलिसले पत्ता लगाएका थिए। गत मे २५ मा आकस्मिक सेवाका लागि भवनमा प्रवेश गर्नुपरेको थियो ।

हेल्गाको शव ब्यागमा भरेर खाटको माथि राखिएको थियो। त्यतिबेला हेल्गाका छोरा घरमा थिएनन् । हेल्गाले कोरोना भाइरसको समयमा पनि आफ्नो स्वास्थ्य बीमा कार्डको लागि दाबी गरिनन् । त्यसपछि प्रहरीले उनलाई सम्पर्क गर्ने प्रयास गरेको थियो ।

प्रहरीको शंका बढेपछि घरमा खानतलासी गरियो । जहाँ शव फेला परेको थियो । यसपछि हेल्गाको शव पोस्टमार्टमका लागि पठाइएको थियो, ताकि उनको मृत्यु कसरी र कहिले भयो भन्ने थाहा पाउन सकियोस् ।

यस विषयमा प्रहरीले अझै अनुसन्धान गरिरहेको छ । अभियुक्तले आफ्नी मृत आमाको पेन्सन कसरी लिइरहेका छन् भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् । अनुसन्धानमा आरोपित छोराले वर्षेनी ३० हजार युरो लिने गरेको प्रहरीलाई थाहा भयो ।