विश्वकप छनोट : वेस्ट इन्डिज सँग भिड्दै नेपाल

काठमाडौं । एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल आज बिहीबार चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध भिड्दै छ । टेस्ट अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग नेपाल जिम्बावेको प्रदर्शन दोहोर्‍याउँदै आफूलाई बलियो देखाउने प्रयासमा हुने छ।

नेपाली समय अनुसार आज १२: १५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु स्पर्धामा नेपाल वेस्ट इन्डिजलाई हराएर नयाँ इतिहास बनाउने दाउमा छ।

नेपालले वेस्ट इन्डिजसँग क्रिकेटका कुनै पनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘बिग हिटर’ को टिमका रूपमा परिचित छ। अधिकांस टी(२० प्लेयरको बाहुल्यता रहेको वेस्ट इन्डिज लगातार दोस्रो जितको खोजीमा रहेको छ।

वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो। त्यस्तै, २०१२ र २०१६ मा टी-२० विश्वकपसमेत जितेको थियो। वेस्ट इन्डिजलाई दुई टी-२० विश्वकप जिताएका कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक रहेका छन्। त्यसैले उनीमाथि टिमलाई विश्वकपमा पुर्‍याउनुपर्ने दबाब रहेको छ।

त्यसो त नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक समेत हुन्। २०१९ देखि २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी र बलियो पक्षबारे राम्रो अनुभव रहेको छ। त्यसैले मोन्टीले वेस्टइन्डिजको ब्याटिङ लाइनअप कसरी धरासायी बनाउने भन्ने ‘मोन्टी म्याजिक’ केही हदसम्म काम लाग्न सक्छ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो।