झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज नेप्से झिनो अंकले वृद्धि भएको छ । यसदिन ४.७५ अंकले बजार बढेर २०५५.५३ बिन्दुमा कायम भएको छ ।

बिहीबार नेप्से बजारमा ८० लाख ८ हजार २४६ कित्ता सेयरको खरिदबिक्री भएको छ । त्यस्तै कारोबारका आधारमा आज सोल्टी होट्ल्स २९ करोड ६३ लाख बढि रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

बुधबार मात्रै १४ अंकले घटेको बजारमा ३ अर्ब बढिको कारोबार भएको थियो । भने आज ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको छ । चार कम्पनीको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । त्यसैगरी उपसमूह तर्फ ४ वटा समूहको सेयरमुल्य मात्रै बढेको छ ।