बैंकमा थुप्रियो ३ खर्ब पैसा

काठमाडौं । बैंकहरुमा लगानीयोग्य पैसा थुप्रिएपछि राष्ट्र बैकले १० अर्ब रुपैयाँ पैसा रिपोमार्फत् तान्ने भएको छ।

बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ७ दिनभित्र १० अर्ब तान्ने बताएको छ। बैंकहरुमा हाल ३ खर्ब माथि पैसा रहेको छ।राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् उक्त रकम बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। असार १४ गतेसम्मको भाका राखेर बोलकबोलमार्फत् १० अर्ब खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ।

बैंकमा पैसा थुप्रिन थालेपछि ट्रेजरी बिलको र अन्तर बैंक दर पनि घट्दै गएको छ। बैंकहरुमा पैसा थुप्रिँदै जाने तर कर्जा प्रवाह भने हुन नसकेकोले उक्त पैसा थुप्रिएको हो।