नागरिकताको विषयमा देश र संसद विभाजित नहोस् : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकताजस्तो विषयमा देश र संसद विभाजित नहोस् भन्नेमा आफू सचेत रहेको बताएका छन् ।

नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय राजनीतिमा सहमतिमा जानुपर्छ भन्ने बुझाइ रहेको प्रधानमन्त्रीले बताए ।

प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अहिले प्रतिपक्षमा रहेका दलका नेताहरू पनि हिजो सत्तापक्षमा हुँदा अहिले नागरिकताको हामीले जस्तो विधेयक अगाडि बढाएका हौं त्यसमा हाम्रो मुलभूतरूपमा सहमति नै देख्छु ।’