स्कुटर चोरी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका १० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा ८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा १४ वर्षीय किशोरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।