मिटरब्याजीको आरोप लागेका दास पक्राउ

काठमाडौं । मिटरब्याजीको आरोपमा राजविराजका मनोज दास पक्राउ परेका छन्। मिटरब्याजपीडितहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि दासलाई शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले भने, ‘मिटरब्याजीको आरोप लागेका दास हाम्रो नियन्त्रणमा छन्। कानुनअनुसार अघि बढेका छौँ।’

दासले फैलाएको मिटरब्याजीको सञ्जालले दर्जनौँ परिवार पीडित भएका स्थानीयको भनाइ छ।