पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको गठबन्धन पाँच वर्षसम्म जारी रहने बताएका छन् ।

धादिङको गजुरीमा भएको एक कार्यक्रममा क्रममा प्रधानमन्त्रीले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन् ।

‘अहिले कता–कता यो सरकारको आयू कति भनेर मिडियामा हुने– नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ, प्रधानमन्त्रीको भनाइ छ ।

१८ औं सताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्दश्यमा अगाडि बढ् १ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको प्रधानमन्त्रीले बताए ।