पशुपतिको मुल शिवलिङ्गमा लगाइएको जलहरीमा ११७ ग्राम मात्र पुगेन सुन

काठमाडौं । पशुपतिनाथको मुल शिवलिङ्गमा लगाइएको जलहरी ११ किलो कम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुल मुर्तिबाटै जलहरी निकालेर जोख्यो।

आइतबार जलहरी नकालेर जोख्दा परिणाम अर्कै आयो। आइतबार जलहरी जोख्दा १०७.८०७ किलो तौल निस्कियो जुन दाबी गरिएको भन्दा जम्मा ११७ ग्राम मात्र फरक हो।

सरकारको ३० करोड अनि पशुपति क्षेत्र विकास कोषको ५० करोडबाट १०३।७७३ किलो सुन किनिएको थियो। सुनमा कडापन बढाउन त्यसमा २.८९० किलो तामा, १.२४९ किलो चाँदी अनि १२.७५ ग्राम जिंक मिसाइयो।

सबै गरेर जलहरीको तौल निस्कियो १०७.९२४ किलो। जोख्दा १०७.८०७ किलो तौल रहेको खुल्यो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयअनुसार पशुपति मन्दिरमा रहेको मुल शिवलिङ्गको तामाको जलहरी बदलिएको थियो।

जलहरीमा तत्कालीन राष्ट्रपति विद्या भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली र उनको पत्नी राधिका शाक्यसम्मको नाम भने कुँदिएको भेटिएको छ।

मुल मन्दिरको गर्भगृहमा रहेको शिवलिङगको तल्लो भाग मोड्न जलहरी निर्माण गरिएको थियो।

महालेखा परीक्षकको प्रतिवेदनमा समेत यो विषय उल्लेख गरियो। तै पनि अख्तियार मौन रह्यो। प्रतिनिधि सभामा ओलीलक्षित टिप्पणीपछि अख्तियार सक्रिय भएको थियो।

जलहरी बनाउन केही भक्तजनले सुन दान गरेको र सो नखुलाइएको विषय भने खुलिसकेको छैन। यसमा कोष र मुलभट्ट अनुसन्धानको दायरामा छन्।