काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पक्राउ गरेको हो । उनी पूर्वसहसचिव समेत हुन् । शाह कुनै बेला भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए ।
शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । ललिता निवासको जग्गा शाहकी श्रीमतीको नाममा पनि दर्ता रहेको जनाइएको छ । ललिता निवास जग्गा कीर्ते प्रकरणमा सीआईबीले हालसम्म ७ जनालाई पक्राउ गरिसकेको छ ।
Add Comment