शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजारमा उछाल आएको छ । आजको दिन नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएका छन् भने दुई दर्जन बढी कम्पनीको शेयरमा सकिर्ट लागेको छ ।

आइतबार ६२ र सोमबार ११ अंकको वृद्धि भएको बजार आज ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ताको खरिदबिक्री भएको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।

आज २३ लघुवित्त संस्थाहरुको शेयरमा सकारात्मक सकिर्ट लागेको छ भने एक लाइफ इन्सयोरेन्स कम्पनी र एनर्जी कम्पनीको शेयरमा गरि कुल २५ कम्पनीको सयरमा सकिर्ट लागेको छ ।

त्यस्तै, करोबारका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था २५ करोड १२ लाख ३३ हजार ६९४ रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ ।