नेपालले मलेसियालाई दियो १ सय ८५ रनको लक्ष्य

काठमाडौँ । एसीसी इस्ट जोन कप यू-१६ प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई १ सय ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

नेपाली किशोर टिमले बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै बराब ब्याटिङ गर्दा सामान्य लक्ष्य दिएको हो। नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो।

नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए। १५ रनको अवस्थामा पहिलो विकेट गुमाएको नेपालका लागि ओपनर निरज कुमार ६ बलमा ८ रन बनाएर आउट भएका थिए। सुर्यांशुले २३ रन बनाउँदा दीपकुमार १५ रन जोडे।

त्यसपछिका खेलाडीहरू भने क्रिजमा जम्न सकेन्न। आठौँ विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। नरेन भट्टले ४३ बलमा २९ रन बनाएको नेपालले टिमको स्कोर ९१ रन हुँदा महत्वपूर्ण ७ विकेट गुमाएको थियो।

नवौँ विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई केही राम्रो स्कोरमा पुर्याए। उनले कामतले १६ रन बनाए। मलेसियाका लागि मोहम्मद मुकरी र एरिन एकवाल र हरिक हाईकाल र मुहम्मद अक्रमले समान २-२ तथा मोहम्मद फतुलले १ विकेट लिएका थिए।

यसअघि नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ। मलेसिया पनि सेमिफाइनलमा पुगी सकेको छ। यस खेलले समूह विजेता तथा उप विजेताको निर्धारण गर्नेछ।